काठमाडौं – चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।
नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको हो । आज सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री नेपाल ल्याएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको यो उडानसहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडानको तालिका छ । यसमध्ये नेपाल एयरलाइन्सले भारतीय नागरिक लैजान साउदीमा दुई उडान गर्दैछ ।
मंगलबार त्यहाँ पुगेका हिमालय र नेवानिका जहाज आज काठमाडौं आएका छन् ।
आज नेपाल एयरलान्सको एक जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ । चीनको बेइजिङमा रहेको नेवानिको अर्को जहाज आजै काठमाडौं आइपुग्ने छ ।
भारतको राजधानी नयाँ दिल्लीबाट समेत एक उडानलाई चार्टर्ड अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया