इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जिति सकेको म्यानचेस्टर सिटी पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको सिटी ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । सिटी पराजित भए पनि ८३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड भने ७१ अंकका साथ दोस्रो स्थानमा छ ।
मंगलबार रातिको खेलमा सिटी १० औं मिनेटमा दश खेलाडीमा झरेको थियो । जाओ क्यानसेलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
तर, दोस्रो मिनेटमै गोल गर्दै सिटीले अग्रता लिएको थियो । उसका लागि गुन्डोगनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा फिलिप फोडेनले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो । त्यसपछि ब्राइटनले तीन गोल गर्दै सिटीलाई पराजयको स्वाद चखाएको थियो ।
५० औं मिनेटमा लियोनार्दो ट्रोसन्डले गोल गरेपछि ब्राइटनले अग्रता २–१ मा झारेको थियो । ७२ औं मिनेटमा एडम वेभस्टरले गोल गरेपछि खेल दुई दुई गोलको बराबरीमा आएको थियो ।
७६ औं मिनेटमा डने ब्रुनले गोल गरेपछि ब्राइटन ३–२ गोल अन्तरले विजयी हुन पुग्यो । यो नतिजा पछि ब्राइटनले ४१ अंक बनाउँदै आफूलाई १५ औं स्थानमा राखेको छ ।
प्रतिक्रिया