देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुक्रबारसम्म नेपालमा चक्रवातको प्रभाव

देशान्तर

काठमाडौं – अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने हुने उनले बताए ।

अर्यालले भने, ‘भोलिबाट यसको प्रभाव राम्रै पर्छ । पर्सिबाट जब चक्रवातको सिस्टम हाम्रोमा रहेको पश्चिमी वायुसँग मर्ज हुन्छ तब अझै बढी प्रभाव पर्छ ।’

बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।