सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ ।
कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेपछि सरकारले अध्यादेश ल्याउने तयारी थालेको हो ।
संभवत आजै बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश स्विकृत गरि राष्ट्रपति कार्यालय पठाउने संभावना छ । कोरोना महामारी रोक्न २०२० सालको ऐनले बाधा ल्याएकोले अध्यादेशमार्फत कानुन ल्याउन लागिएको हो ।
सरकारले यसअघि कोरोना संक्रमण नियन्त्रणका लागि ल्याइने औषधिबारे कानुनी व्यवस्था गर्न औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएको थियो ।
यसैबिच, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । सिसिएमसीको हिजो बसेको बैठकमा कोभिडलाई प्रभावकारी ढंगले नियन्त्रणकालागि स्वास्थ्य संकटल लगाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिए ।
प्रतिक्रिया