देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रादेशिक अस्पतालमा थप १० संक्रमितको मृत्यु

देशान्तर

बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १० जना मध्ये नौ जना पुरुष र एक महिला छन् । छ जनाको इमर्जेन्सी वार्डमा, एकजनाको फिबर क्लिनिकमा, दुई जनाको धागो कारखानाको कोभिड विशेष अस्थायी अस्पतालमा र एकजनाको इमर्जेन्सी वार्डमा भर्ना गर्न नपाउंदै मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार जेठ २ गते बिहान कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका इस्मा-४ गुल्मीका ४५ वर्षका पुरुषको बिहान ८ः४४ बजे मृत्यु भएको हो । यस्तै वैशाख २८ गते संक्रमण पुष्टि भएपछि सोही दिन इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा-५ रुपन्देहीका ६० वर्षका पुरुषको बिहान ८ंः३० बजे मृत्यु भएको हो । यस्तै वैशाख ३० गते इमर्जेन्सीमा भर्ना भई ३१ गते कोरोना पोजेटिभ देखिएका ठेगाना र उमेर नखुलेका पुरुषको आइतबार बिहान ९ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएका तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षका पुरुषको शनिबार राति ९ः५५ बजे अस्पताल ल्याएपछि भर्ना गर्न नपाउंदै मृत्यु भएको डा. गौतमले जानकारी दिए । यस्तै सैनामैना-१ रुपन्देहीका ६४ वर्षका पुरुषमा वैशाख २८ गते संक्रमण पुष्टि भई सोही दिन कोभिड अस्पतालको आईसीयूमा उपचार सुरु भएकोमा वैशाख ३० गते दिउँसो २ः३३ मा, सैनामैना-८ रुपन्देहीका ५४ वर्षका पुरुषमा वैशाख ३१ मा संक्रमण पुष्टि भई सोही दिन अस्पतालको इमर्जेन्सीमा भर्ना भएकामा सोही दिन दिउसो ४ः०९ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

यस्तै वैशाख ९ गते कोरोना पुष्टस भई सोही दिन फिभर क्लिनिकमा भर्ना भएका धुर्कोट-२ गुल्मीका ३३ वर्षका पुरुषको जेठ १ गते बिहान ९ः१८ मा मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै वैशाख ३१ मा कोरोना पुष्टि भई सोही दिन इमर्जेन्सी वार्डमा भर्ना भएकी बुटवल-११ की ६० वर्षिया महिलाको सोही दिन साँझ ६ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भई २६ गते कोभिड अस्पतालको आईसीयूमा भर्ना भएका नवलपरासी भूमहीका ४८ वर्षिय पुरुषको उपचारको क्रममा आइतबार बिहान १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।