देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरका अस्पतालमा अक्सिजनको चरम अभाव

देशान्तर

भक्तपुर– कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै भक्तपुर अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ ।

अस्पतालका मेसु सुमित्रा गौतमका अनुसार एक सय सिलिन्डर बिरामीका लागि रोटेसनमा राखिएता पनि अक्सिजन आवश्यक भएका संक्रमितको संख्या बढेसँगै सिलिन्डर अभाव चरम भएको छ ।

‘पहिलो लहरको कोरानाको समयमा आएका बिरामीहरुमा सामान्य लक्षण देखिन्थ्यो । जुन बेला अक्सिजनको खासै अभाव थिएन,’ उनले भनिन्, ‘दोस्रो चरणमा देखिएको कोरोना संक्रमितहरुमा स्वास्प्रस्वासमा देखिएको समस्यालाई मध्यनजर गर्दै अक्सिजन सिलन्डरको आवश्यकता छ ।’

अस्पतालमा अक्सिजनको अभाव भएपछि सँगैको क्यान्सर अस्पतालबाट थप १० सिलिन्डर ल्याएर संक्रमितको उपचार गरिएको गौतमले बताइन् ।

हाल भक्तपुर अस्पतालमा ५६ जना संक्रमित उपचारत छन् । विभिन्न संघसंस्थाहरुले अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएता पनि अभाव रहेका टर्न सकेको छैन ।