प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागिबालुवाटारमा सरोकारवाला निकायसँगको छलफलका क्रममा उनले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताएकाहुन्।
प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज वितरण गर्न निर्देशन दिए । उनले सावधानीनअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राखे ।
प्रधानमन्त्री ओलीले कोरोना महामारी न्युनिकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको र यसमा सबै सरोकारवालाहरुको सहभागिता आवश्यक भएको जिकिर गरे ।
उनले सरकारी संयन्त्रबीच नै समन्वयकोअभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गरे । उनले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गरे । सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेको उहाको भनाइ थियो ।
छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए । उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छिन् । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताए।
प्रतिक्रिया