काठमाडौं – राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् ।
शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।
यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाले जनाएको छ । औपचारिक निर्णय नगरिए पनि भोट दिने सहमति भने भएको छ ।
वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा। खिमलाल देवकोटा उम्मेदवार छन् । देवकोटाले शुक्रबार आफू कुनै पनि हालतमा उम्मेवारी फिर्ता नलिने बताइसकेका छन्
प्रतिक्रिया