देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यकारिणी समिति बैठक डाकिएको छैन : ठाकुर

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समिति बैठकबारे आफूलाई कुनै जानकारी नभएको बताए। अध्यक्ष ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरले बैठक नडाकिएको स्पष्ट पारेका हुन् ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ,ु ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि विपक्षी नेपाली कांग्रेस र माओवादीलाई समर्थन गर्ने भन्‍नेमा विवाद छ ।

पार्टीको अध्यक्ष उपेन्द्र यादव समूहका कार्यकारिणी समितिका सदस्यहरू अहिले पार्टी कार्यालय बालकुमारीमा छलफल गरिरहेका छन् ।