काठमाडौं – नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुने भएको छ ।
दुई नेताबीच सिंहदरबारमा वार्ता हुने जानकारी आफूले पाएको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।
आफूहरुलाई पनि वार्ताका लागि सिंहदरबार बोलाएको उनले बताए ।
दुई नेताबीच विहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको छ ।
प्रतिक्रिया