विराटनगर – मोरङमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
यसअघि वैशाख २४ गतेदेखि जेठ १ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने सामाग्रीको ढुवानीका लागि पनि विहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।
बाहिरी मजदुरको आवत–जावत रोक्ने निर्णय भएको उनले बताए ।
प्रतिक्रिया