देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अग्निपीडितलाई २५ लाख बढीको राहत सहयोग 

देशान्तर

रोल्पा – त्रिवेणी गाउँपालिकाका अग्निपीडितहरुलाई २५ लाख भन्दा बढीको सहयोग उपलब्ध गराइएको छ। बिहीबार एक कार्यक्रममा आयोजना गरेर वडा नं २, ३ र ६ का ३६ घरधुरीलाई ५ लाख ४० हजार ४ सय ४८ रुपैयाँ प्रदान गरिएको हो।

अग्निपीडितलाई बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा, लत्ताकपडा, भाडाकुडा, कपडा, बिद्यार्थीहरुलाई कापी, कलम सहितको सामग्री र नगत उपलब्ध गराइएको हो ।

विभिन्न संघसंस्थाको सहयोगमा ती सामग्री र रकम जुटाइएको हो। सहयोग उपलब्ध गराउनेहरुलाई गाउँपालिका अध्यक्ष शान्तकुमार वली, उपाध्यक्ष साबित्रा बुढा लगायतले धन्यवाद दिए।