देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदाधिकारी, सांसद र कर्मचारीलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज

देशान्तर

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ ।

संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाहरुलाई आजदेखि खोप लगाउने जनाएको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धालाई भने दोश्रो डोज कहिलेदेखि लगाउने भन्ने अझै अन्योल छ ।