देशका अधिकांश ठाउँमा आज मौसम सफा रहने छ । केही आंशिक बद्ली छ ।
अरु दिनभन्दा आज मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको छ । यसले गर्दा अबका केही दिन मौसममा सुधार आउने सम्भावना छ ।
प्रि मनसुनको समय भएकाले दिउँसो पछि मेघ गर्जनसहित केही ठाउँमा पानी पर्ने छ । आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।
शनिबार पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइ दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने छ । अबको केही दिन प्रि मनसुन कमजोर हुने देखिएको छ ।
प्रतिक्रिया