काठमाडौं –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
काठमाडौं बूढानीलण्ठस्थित एक व्यवसायीको घरमा उहाँहरू वार्तामा बस्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । माधवकुमार नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।
यसअघि आजै बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले नेपाल पक्षका चार नेतामाथिको कारबाही फिर्ता गरेपछि ओली र नेपालबीच वार्ता तय भएको हो ।
ओली–नेपाल वार्ताले पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानमा छलफल हुने विश्वास लिइएको छ ।
यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।
प्रतिक्रिया