काठमाडौं – नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज अपरान्ह ४ बजेका लागि पदाधिकारी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि मंगलवार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । मंगलवारको बैठकले कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन पहलकदमी गर्ने विषयमा छलफल भएको थियो । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्नेछ ।
प्रतिक्रिया