देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई ४ बजेसम्म अल्टिमेटम, नभए राजीनामा

देशान्तर

काठमाडौं – पार्टीभित्रको विवाद समाधानका लागि सहमतिमा आउन नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ।

आफ्नो पक्षको माग सम्बोधनका लागि दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए। ‘हामीले ४ बजेसम्मको समय दिएका छौँ। त्यो समयभित्र माग सम्बोधन नभएर हामी सामूहिक राजीनामा दिन्छौँ’ उनले भने।

नेता नेपालसँग ओलीको वार्ता तय भएपनि दिउँसो ४ बजेअघि पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने उनले बताए। त्यसो त पार्टीभित्रको विवाद समाधानका लागि ओली लचिलो बनेका छन्।

आजै विहान स्थायी कमिटी बैठक राखेर नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि लगाइएको कारवाही फुकुवा गरिसकेका छन्। कारवाही फुकुवा गर्नुले एकताको सम्भावना बलियो बनेको नेताहरुले प्रतिक्रिया दिइरहेका छन्।