देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजीनामाबारे माधव नेपालले थाले कानुनी परामर्श

देशान्तर


काठमाडैँ – एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा लगायतका विषयमा कानुनी परामर्श थालेका छन् ।

नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले जनाएको छ ।
वरिष्ठ नेता नेपाल पक्षले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ ।

यता सामुहिक राजीनामा गरे समस्यामा पर्ने बुझेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजै नेपाल सहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२० अनुसारको बहुमतीय सरकार गठनका लागि दिएको म्याद सकिन लागेसँगै नेताहरुले आन्तरिक छलफललाई तिव्र पारेका हुन् ।

ओली नेतृत्वको सरकारको विकल्पमा काँग्रेससहितको गठबन्धनले नयाँ सरकार बनाउने भनेपनि संसदीय गणितका लागि माधव समुहको सहयोग आवश्यक देखिन्छ ।