देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीति गर्दै गरौंला, पहिले जनताको जीवन बचाऔं : पूर्वमन्त्री गिरी

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले कोरोना महामारीको विकराल अवस्थामा जनताको जीवन बचाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार एक विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘राजनीति त गर्दै गरौँला, तर कोभिड-१९ को यो विकराल अवस्थामा पहिला त आम जनताको स्वास्थ्यको बारेमा गम्भीर हुन अत्यावश्यक छ । कोभिड- १९ विरूद्धको लडाईँमा एकजुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौं !’

सरकारको ध्यान महामारीमा परेका जनताको जीवन जोगाउनेभन्दा सत्ता टिकाउने र कसरी हुन्छ पैसा कमाउने भन्नेमा रहेको भन्दै उनले भने, ‘कोभिड-१९ का कारण जनजीवन अस्तव्यस्त भइरहेको बेला महंगी, कालोबजारी र भ्रष्टाचारले मुलुक आक्रान्त छ ! अर्थ व्यवस्थाको सूचाङ्क कहालिलाग्दो छ । उद्योग, कलकारखानाहरू वन्द हुनुका साथै कैयौँ व्यापारीहरू पलायन भएको अवस्था छ ।’

उनले अगाडि भने, ‘अस्पतालहरूमा वेड तथा अक्सिजनको अभावका कारण नागरिकहरू अकालमा मृत्युवरण गर्न बाध्य हुनु परिरहेको कारूणिक अवस्था छ । न्यूनतम् उपचार सुविधाको अभावमा आमजनता अस्पतालको सिडि, बरण्डामा छट्पटाइरहेका छन् । यस्तो विकराल अवस्थामा सरकार भने जनताको जीऊ–धनको सुरक्षामा केन्द्रित नभईँ, सत्तामा रजाइँ गर्ने दाउपेचको फोहरी खेलमा चुर्लुम्म डुबेको छ ।’

हेर्नुहोस् अपिलको पूर्णपाठ :-