काठमाडौँ – जारी नेपाल सुपर लिगमा ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा बुटवललाई १-० गोलले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो ।
ललितपुरको जितमा कप्तान अन्जन विष्टले खेलको ६२औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । हारसंगै बुटवल भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै अब ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
यसअघि धनगढी एफसीले काठमाडौंलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया