माछापुच्छ्रे बैंकका पूर्व सिइओनिरज श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणबाट उनको मृत्यु भएको बैंकका सिइओ सन्तोष कोइरालाले जानकारी दिए।
उनका अनुसार प्रहरी अस्पतालमा उपचार क्रममा आज बिहान ११ बजे श्रेष्ठको मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार उनलाई कोरोना संक्रमणले गाह्रो भएपछि मंगलबारमात्रै भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो।
उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो।
उनको श्रीमती र एक छोरी छन्। हाल दिल्लीमा रहेका श्रीमती र छोरी आजै काठमाडौं आइपुग्ने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया