देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी रक्षा मन्त्रालयद्वारा नेपाललाई ३६ करोडको स्वास्थ्य सामाग्री प्रदान

देशान्तर

काठमाडौं – संयुक्त राज्य अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री बुधबार नेपाललाई प्रदान गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाइफ्लो अक्सिजन डिभाइस प्रदान गरेको हो ।

साथै, टेलिमिडिसन उपकरण, परीक्षण साधन, ह्यान्डवासिङ स्टेसन र हेल्थ क्लिनकका सामाग्री पनि संलग्न छन् ।

स्वास्थ्य मन्त्रालय र सीसीएमसीलाई ती सामाग्री प्रदान गरिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकाले यसअघि ३९.९ मिलियन डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई आफ्ना साझेदार निकायबाट प्रदान गर्ने घोषणा गरिसकेको छ ।