देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाले सार्वजनिक गर्यो सव व्यवस्थापनको विवरण

देशान्तर

काठमाडौँ – नेपाली सेनाले कोभिड- १९ बाट मृत्यु भएका ४ हजार ६ सय ८२ जनाको सव व्यवस्थापन गरेको छ ।

नेपाली सेनाका प्रवक्ताले बुधबार सामाजिक संजालमा ट्युइट गर्दै सव व्यवस्थापनको विवरण सार्वजनिक गरेको हो ।

उपत्यका प्रितनाले मात्र बैशाख महिना भर २ हजार ३ सय पचास वटा सव व्यवस्थापन गरेको जनाइएको छ । बैशाख २२ देखि २८ गतेसमम काठमाडौं भित्र सेनाले ५ सय ३ वटा सव व्यवस्थापन गरेको छ ।

नेपाली सेनाले ४ हजार ६ सय ८२ जनाको सव व्यवस्थापन गरेको भने पनि स्वास्थ्य मन्त्रालयले बैशाख २८ गते सार्वजनिक गरेको तथ्याङ्कमा ४ हजार ८४ जनाको मात्र कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।