देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो

देशान्तर

कास्की – गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ । बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाइएको सचेतक पियारी थापाले जानकारी दिइन् ।

उनका अनुसार केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छ । उनले अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्ने बताइन् । थापालाई पार्टीले बिहान स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाएको उनले बताइन् ।

पोखरामा पार्टी महासचिव मनोज भट्टको नेतृत्वमा बैठक बसेको थियो । सो बैठकले उक्त निर्णय गरेको हो । पार्टीको निर्णय अनुसार थापाले गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेका थिएनन् ।