देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कपिलवस्तुमा निषेधाज्ञा १० दिन लम्बियो

देशान्तर

वुटवल – कपिलबस्तुमा जेठ १ गते देखि १० गतेसम्म थप निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमितको संख्या दिनहु बढेको कारणले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ ।

आजा बिहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले सो निर्णय गरेको हो । बिहान लकडाउन बारे निर्णय लिन प्रशासनले बैठक आहवान गरेको थियो । यसैबिच अत्यावश्यक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अति अवश्यक बस्तुहरु खुल्ला हुने कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञामा अनुमति नलि चल्ने सवारी साधानहरुमा थप कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । हाल कपिलबस्तुमा कुल संक्रमितको संख्या ११३५ पुगेको छ भने मुत्यु हुनेको संख्या ९३ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।