काठमाण्डौ – नेकपा एमालेको खनाल नेपाल समूहका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवलाई नेपाललाई गाली गरेर बाँकी रहेको पार्टी विभाजन गर्न लागिएको आरोप लगाएका छन् । बुधवार फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले नेकपा विभाजन हुँदा पुष्पकमल दाहाललाई गाली गरेर पाप ढाक्ने प्रयास भएको र अहिले झलनाथ र माधवलाई गाली गरेर बाँकी रहेको एमाले विभाजन गर्न लागिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।
नेता भुसालले आज आफूहरूविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर आफूहरूसँग बदला लिन कस्सिएको बताएका छन् ।
प्रतिक्रिया