देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकमा पूर्व मन्त्री बस्नेतले १०० बेडको कोभिड-१९ सेवा केन्द्र खोल्ने

देशान्तर

नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड १९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।

बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड १९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गर्ने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँँदै सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उनले बताए ।

कोभिड १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने बस्नेतको योजना छ ।

निकट भविष्यमा नै उहाँले कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने बताए। यसअघि पनि पीसीआर मेसिन राख्ने बताएका बस्नेतले राजनीतिक खिचातानीका कारण राख्न असमर्थ भएको पनि बताएका छन् ।

यसैगरी कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप उपलब्ध गराउने जानकारी गराए ।

जुन गाडी पछि आफूले फिर्ता नलिने बरु सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बनाउने उनले जानकारी दिए ।

कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीको (डिजेल) समेतको व्यवस्था व्यक्तिगत रुपमा आफैले गर्ने बस्नेतले प्रतिबद्धता जनाए ।

यथाशीघ्र गाडी हस्तान्तरण गरेर सेवा सुरु गर्ने बस्नेतले जानकारी दिए ।

गत सालको कोरोना संक्रमणमा गाउँ गाउँ पुगेर स्थानीय, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई बस्नेतले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सिन्धुपाल्चोकमा नि:शुल् कोभिड – १९ सेवा केन्द्र संचालन गर्ने

कोभिड -१९ को संक्रमणवाट संसार भरीका मानब जातीमा ठूलो…

Posted by Mohan Bahadur Basnet on Tuesday, May 11, 2021