देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ तले भवन ध्वस्त, २८ को मृत्यु

देशान्तर

इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ ।

पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ ।

इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको बताइएको छ ।

प्यालेष्टाइनी लडाकु समुह हमास र इजरायली सेना बीच जारी हिंसाकै क्रममा भएका रकेट र हवाई आक्रमणमा दुवैतर्फ गरि ३१ जनाको मृत्यु भएको छ ।

प्यालेष्टाइन तर्फ २८ र इजरायल तर्फ ३ जनाको मृत्यु भएको हो । २ सय बढी घाइते भएका छन् ।

सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सीमा रेखा नाघेका प्रतिक्रिया दिंदै यसको मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।

तर हमासले भने इजरायलले जबरजस्ती रुपमा आक्रमण गरेको भन्दै प्रतिकार गर्ने जवाफ दिएको छ ।

इजरायल र प्यालेस्टाइनबीच पछिल्ला समय जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिदमाथि दाबीको विषयले हिंसा चुलिएको हो ।

इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल दाबी गरेपछि यही मस्जिदको बिषयमा दुई देशबीच तनाब बढेको हो ।

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।