जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सर्वदलीय सरकार बनाउनु पर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै भट्टराईले अहिलेको देशको संकट समाधान गर्नका लागि सबै दलको सहभागिताको सरकार बनाउन प्रस्ताव गरेका छन्।
सरकारको नेतृत्व भने अहिलेका पूर्व प्रधानमन्त्री बाहेकले गर्नुपर्ने भट्टराईको तर्क छ । यस खालको सरकारको कोभिड–१९ नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोगका मुद्दा, संविधान संशोधन लगायत साझा एजेण्डा रहनु पर्ने उनको भनाइ छ ।
साथै यही सरकारले १ वर्षभित्र निर्वाचन गर्नेगरी सहमति गर्न पनि उनले प्रस्ताव गरेका छन् ।
देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!
— Baburam Bhattarai (@brb1954) May 12, 2021
प्रतिक्रिया