देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२७ अङ्कभन्दा धेरैले बढ्यो नेप्से

देशान्तर

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) २७ अङ्कभन्दा धेरैले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से २७ दशमलव ४७ अङ्कले बढेर २६ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको छ ।

मङ्गलवार बैंकिङ समूहको शेयर तीन अङ्कले, विकास बैंक समूहको शेयर २३ अङ्कले, व्यापारको दुई सय २१, जलविद्युतको २१, फाइनान्सको साढे १७, माइक्रो फाइनान्सको ६५, जीवन बीमा समूहको दुई सय ६७, निर्जीवन बीमाको एक सय ७६, उत्पादनको एक सय ३९ र अन्य समूहको शेयर ५३ अङ्कले बढेको छ ।

मङ्गलवार दुई सय २० कम्पनीका एक करोड आठ लाख कित्ता शेयर पाँच अर्ब ८१ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

मङ्गलवार बोटलर्स नेपाल, रुरु जलविद्युत्, युनाइटेड मर्दी हाइड्रो, गुहेश्वरी मर्चेण्ट बैंक र समता घरेलु लघुवित्त कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।