नेपालगञ्ज – कोरोना भाइरसको संक्रमणका कारण बाँके तथा बुटबलका अस्पतालहरुमा उपचारारत थप २५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरि थप १५ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीका अनुसार उनीहरुको मृत्यु सोमबार रातीदेखि मंगलबार दिउँसोसम्म भएको हो ।
यता बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमणबाट थप दश जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा आठ जना पुरुष र दुई महिला छन्। योसँगै संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुको संख्या २८५ पुगेको छ ।
प्रतिक्रिया