देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सुपर लिग : फाइनल प्रवेशका लागि काठमाडौं र धनगढी भिड्दै

देशान्तर

कठमाडौँ – नेपाल सुपर लिग अन्तर्गत पहिलो प्ले अफमा मंगलबार काठमाडौं रेजर्स र धनगढी एफसी प्रतिस्पर्धा गर्दै छन् । खेल साँझ साढे पाँचबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

काठमाडौं समूहचरणमा ४ जित समान १-१ हार र बराबरीको नतिजा सहित १३ अंक जोडेर शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको हो । धनगढी ३ जित २ हार र १ बराबरीको नतिजा सहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।

समूह चरणका शीर्ष दुई टोलीबीच हुने यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ ।काठमाडौं विकेश कुथु र धनगढी किरण चेम्जोङको कप्तानीमा मैदान उत्रिने छन् ।

यो खेलमा पराजय हुने टोलीले बुधबार ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीच हुने दोस्रो प्ले अफ विजेतासँग इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्नेछ । बिहीबार हुने इलिमिनेटर राउन्डको विजेताले शनिबार हुने फाइनलमा पहिलो प्ले अफ विजेतको सामना गर्नेछ ।