देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

देशान्तर

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएक छन् । नयाँ सरकार गठनको तयारीका लागि देउवाले दिउँसो ३ बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा नयाँ सरकारको लागि पहल गर्ने र सम्भावित गठबन्धनको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–वाबुराम भट्टराई पक्षले नयाँ सरकारको तयारी थालेका छन् ।

जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएपछि नयाँ सरकारको लागि बहुमत पुर्याउन कांग्रेस–माओवादी गठबन्धनलाई समस्या परेको छ ।