देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गंगा नदीमा ४० शव तैरिरहेको अवस्थामा फेला

देशान्तर

भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ ।

बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको दृश्य सार्वजनिक भएपछी सनसनी मच्चिएको हो ।

स्थानीय प्रशासनले शवका बारेमा आफुहरु बेखबर रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

चौसा प्रखडं बिकास पदाधिकारी अशोक कुमारले सो शव भारतको उतराखण्डबाट बगेर आएको हुन सक्ने आशंका ब्यक्त गरेका छन् ।

यद्दपी सो क्षेत्रका स्थानीय बासिन्दा भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव गंगा नदीमा फालेको भन्दै बिरोध जनाएका छन् ।

शवको प्रकृती हेर्दा आधा जलेको अवस्थामा रहेको भन्दै उनीहरुले तैरिरहेको शव ब्यबस्थापन गर्न माग गर्दै गंगा नदीको पवित्रतामा पनि चिन्ता ब्यक्त गरेको छ ।