देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले दिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने

देशान्तर

चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ ।

अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो बेइजिङ पुगेको थियो । विमानले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ  ।

चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरिसकेको छ । भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री भने स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने बताइएको छ ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।