देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिपरले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गयो

देशान्तर

मध्यपुरथिमि । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फजाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।