देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद्को अधिवेशन अन्त्य

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदैछ ।

अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । प्रधानमन्त्री ओली आज विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका छन् ।

अब यसपछिको राजनीतिक दृश्य के हुन सक्छ भन्ने विषय चासोको विषय बनेको छ । प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद् बैठक सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।