देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण, १३९ को मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  १७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८  जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।