देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वासको मत दिँउ, संसद विघटन हुनबाट जोगाउँ :प्रधानमन्त्री ओली

देशान्तर

काठामडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका छन् । संसदमा आफूप्रति उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ । मत दिनुहोस् ।

आफैंले मुद्दा जितेर ल्याएको संसद भोट दिए जोगिने भन्दै उनले विपक्षीसँग विश्वासको मत मागे । ‘विश्वासको मत दिँउ,’ ओलीले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउँ । भोट दिँउ।

ओलीले चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो । बेलायतमा लोकतन्त्र खतरामा परेन ।’

ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताए।