देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनमोर्चाले ओलीलाई विश्वासको मत नदिने

देशान्तर

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीले सदनमा मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा जनमोर्चाको तर्फबाट प्रतिनिधिसभामा एकमात्र सांसद दुर्गा पौडेलले संसद विघटनपछि असंवैधानिक र अलोकतान्त्रिक प्रक्रिया जारी रहेकोले जनमोर्चाले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताइन ।

‘प्रधानमन्त्री ज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्‍यो त्यो नै लोकतान्त्रिक पद्धति जोगाउने उत्तम उपाय हो ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्‍यो । हाम्रो सुझाव त्यही हो’, उनले भनिन् ।