देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वासको मत दिन्नौं, विपक्षमा मतदान गर्छौ :उपेन्द्र यादव

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताए ।

‘संसद असंवैधानिक तरिकाले विघटन गरे । जनता सडकमा आए । सर्वोच्चले पुनस्र्थापित गरिदियो । जुन संसदमा विश्वास छैन, कसरी मत दिने यादवले भने ।

प्रधानमन्त्री ओली संघीयता र समानुपातिकररसमावेशिता विरोधी भएको उनले बताए ।

‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गर्छ । संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नु हुन्छ यादवले भने ।

यादवले संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए । नागरिकता समस्या मधेशको हो भन्ने बुझाइले नै अगाडि नबढाइएको पनि यादवले आरोप लगाए ।