देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से २७ अंकले बढ्यो, कारोबार भने घट्यो

देशान्तर

काठमाडौं – नेप्से परिसूचक आज २७.४१ अंकले बढेको छ । आज १ दशमलव ०५ प्रतिशतले बढ्दै २६४५.४८ विन्दुमा रोकिएको छ । कारोबार भने अघिल्लो दिनको तुलनामा घटेको छ । हिजो नेप्से परिसूचक १८.५६ अंकले घटेकोमा ६ अर्बमाथि कारोबार भएको थियो ।

७५ लाख ९ हजार कित्ता सेयर किनबेचमा कारोबारमा ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीको प्रमोटर सेयर १० प्रतिशतले बढेको छ ।

यसैगरी समता लघुवित्त, रुरु जलविद्युतको सेय मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २७ करोड कारोबार भयो । १९ करोड मूल्य बराबरको माथिल्लो तामाकोशीको सेयर किनबेच भयो ।