काठमाडौं – अभिनेत्री वर्षा राउतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत आफूलाई भाइरस पोजेटिभ भएको उनले उल्लेख गरेकी छिन् । गन्ध हराएको र खोकी लागिरहेको उनले जनाएकी छिन् ।
स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको उनले बताएकी छिन् । सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले ठीक भएर चाँडै काममा फर्किने आशा समेत व्यक्त गरेकी छिन् ।पछिल्लो समय केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायतलाई भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया