देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी

देशान्तर

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे सोमवार (आज) उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।

संयुक्त छलफलले थप १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले निषेधाज्ञा थप्नेबारे मङ्गलवार (भोलि) बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए ।

काठमाण्डौँ उपत्यकामा पहिलो चरणमा गएको १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि फेरि लम्ब्याउँदै आउँदो बुधवार (पर्सि) २९ गतेसम्मका लागि लम्ब्याइएको थियो ।