देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो : देउवा

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्ष कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त हुँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि मागेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘विश्वासको मत प्राप्त हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।’ संसद्को विश्वास आफ्नो सरकारलाई छ भन्ने प्रस्ताव ओलीले राखेपछि दलका नेताहरू छलफलमा सहभागी भइरहेका छन् ।

देउवाले सरकारलाई काम गर्न कहाँ नदिइएको भनेर प्रश्न गरेका छन् । ‘आफू कार्यकारी भएर काम गर्न नसक्ने अरुमाथि दोष थुपार्ने ?,’ देउवाको प्रश्न थियो । उनले अहिले विश्वासको मत माग्नुपर्ने अवस्था प्रधानमन्त्री ओलीका कारण आएको बताए । त्यस्तै, आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका खेल्न नसकेको भनेर आलोचना खेप्नुपरेको पनि देउवाले धारणा राखे ।

अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री ओली नै जिम्मेवार रहेको देउवाको भनाइ थियो ।प्रधानमन्त्री ओलीलाई उनको पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनालले बैठक बहिष्कार गरेका छन् ।