देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधसभाको दोस्रो बैठक शुरु

देशान्तर

काठमाडौँ –प्रतिनिधसभाको दोस्रो बैठक शुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक शुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गरेका छन्।

संविधानको धारा १०० को उपधारा १० बमोजिम विश्वासको मतको लागि पेश प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दलीय आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।