देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा स्पुतनिक–भी उत्पादनको तयारी

देशान्तर

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन अभाव झेलिरहेको भारतले रुसी भ्याक्सिन स्पुतनिक–भी उत्पादन गर्ने भएको छ।

रुसले भारतलाई स्पुतनिक–भीको पहिलो खेप दिइसकेको छ। यो महिनाको अन्त्यसम्ममा स्पुतनिकको ३० लाख डोज भारतले आयात गर्ने बताएको छ। आयातका साथै स्पुतनिक–भी भारतमै उत्पादन गर्नका लागि आधा दर्जन कम्पनीसँग वार्ता आरम्भ भइसकेको छ।

आगामी जुलाई महिनासम्ममा स्पुतनिक–भी भारतमै उत्पादन हुने अपेक्षा गरिएको छ