देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साढे ९ बजे बैठक, १० बजे राजिनामा

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका झलनाथ खनाल र माधव कुमार नेपाल समूहका सांसदहरुले आज राजिनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको खनाल नेपाल समूहको अहिले सिंहदरबारमा बैठक बस्दै छ ।

सिंहदरबारमा साढे ९ बजे बैठक बोलाइएको र त्यसका लागि सांसदहरु उपस्थित हुने क्रम शुरु भएको जनाइएको छ । खनाल नेपाल समूहका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री ओलीले आफूहरुले दिएको समय सिमाभित्र पनि कुनै निर्णय नभए पछि बाध्य भएर राजिनामा दिन लागेको बताए ।

आज प्रत्यक्ष निर्वाचित सांसदहरुले राजिनामा दिने र सामानुपातिक सांसदहरुले भने अहिले नै राजिनामा नदिने सम्भावना रहेको पनि उनले बताए ।

आज कार्यालय समयको शुरुमै झलनाथ खनाल, माधव कुमार नेपाल, भीम रावलसहित नेताहरुले संसद सचिवलायमा राजिनामा बुझाउने उनले बताए ।