देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खनाल नेपाल पक्षले ओलीलाई दिएको समयसिमा सकियो, सांसदहरु राजिनामा दिने तयारीमा

देशान्तर

सत्तारुढ दल नेकपा एमाले भित्रको असन्तुष्ट समूह झलनाथ खनाल र माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समय सिमा सकिएको छ ।

पार्टीको विवाद मिलाउनका लागि उक्त समूहले ओलीलाई आज विहान (सोमबार विहान ९ बजे) सम्मको समय दिएको थियो ।

खनाल नेपाल समूहले पार्टी २०७५ जेठ तीन गतेको अवस्थामा फर्कनु पर्ने अडान राख्दै आएको छ भने यो अडानमा ओली पनि टसको मस भएका छैनन् ।

आफूले दिएको समय सिमा भित्र केही निकास ननिस्कीए पछि खनाल नेपाल समूहका सांसदहरुको वैठक बसिरहेको छ । उक्त बैठकले संसदको आज दिउँसो १ बजे बस्ने विशेष अधिवेशन अघि राजिनामा दिने निर्णय गर्न सक्ने आंकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिनका लागि विशेष अधिवेशन पनि बोलाएका छन् । खनाल नेपाल समूहका सांसदहरुले राजीनामा दिँदा ओली झनै अप्ठेरोमा पर्ने भएकाले उनी लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरेको बाटो समात्ने पनि आंकलन गरिएको छ ।

यस्तो भएमा प्रधानमन्त्री ओलीले संसद वैठक अगावै राजिनामा दिएर ठूलो पार्टीको हैसियतले सरकारको फेरि नेतृत्व गर्ने सम्भावना पनि रहेको छ ।

यसअघि ०७३ मा ओलीले काङ्ग्रेस–माओवादीद्वारा प्रस्तुत अविश्वास प्रस्तावमाथि मतदान हुनै लाग्दा त्यसको सामना नगरी अन्तिम क्षणमा राजीनामा दिएका थिए ।

आज पनि मतदानमा जानुपूर्व राजीनामा दिएर ठूलो दलको नेताका हैसियतले धारा ७६ (३) अनुसार तत्कालै नियुक्ति लिने सम्भावनासमेत रहेको बताइन्छ । त्यसो गर्दा एक महिना सत्ता लम्बिन्छ र बजेट ल्याउन पाइन्छ भन्ने बुझाइमा प्रधानमन्त्री रहेका छन् ।