देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोल्पामा अक्सिजन प्लान्ट जडान नहुँदा थन्कियो

देशान्तर

स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ ।

जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए ।

ड्रागन मेडिटेक प्रालि सुर्खेतले २९ लाखमा उक्त प्लान्ट खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताउनुभयो ।

शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आपूmहरुसँग बायोमेडिक इन्जिनीयर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ ।

हाल कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा मेलिना हमालले जानकारी दिए । रासस